मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ देखि

मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ देखि

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ देखि

    जनकपुर । मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गतेदेखि हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले  प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट जेठ ११ गते बसेको प्रदेश सरकारको बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका हुन् ।

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेठ ११ गतेको बैठकबाट प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विसं जेठ २१ गते बुधबार दिउँसो १ बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij