काठमाडौं । सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा जीप दुर्घटना भएको छ । दुर्घटना १२ जना घाइते भएका छन् । प्रदेश–२–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको थियो । त्यसक्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएको छन् । शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । त्यस्तै, धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतो रहेका छन् । घाइतेहरुको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।