मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • मधेस प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौँ । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा सरकारले मंगलवार सार्वजनिक बिदा दिइएको हो । 

    प्रदेशको  गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मंगलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेको छ ।

    तराई मधेशमा आज  ‘जुडशीतल’ पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलान रहेको छ ।

    image-80.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij