कोलकाताले तेस्रो जित निकाल्दा चेन्नईकाे पाँचौ हार

कोलकाताले तेस्रो जित निकाल्दा चेन्नईकाे पाँचौ हार

शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • कोलकाताले तेस्रो जित निकाल्दा चेन्नईकाे पाँचौ हार

    काठमाडौं । कोलकाता नाइट राइडर्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेकाे छ । शुक्रबारराती सम्पन्न नेलमा चेन्नईलाई ८ विकेटको सहज जित निकाल्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । 

    चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएकाे थियाे । 

    कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डिककले २३ रन बनाए । अजिन्क्या रहाने २० तथा रिंकु सिंह १५ रनमा अविजित रहे । 

    चेन्नईका अन्शुल कमबोज र नूर अहमदले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । 

    चेन्नईका लागि शिवम दुबेले सर्वाधिक अविजित ३१ रन बनाए । विजय शंकरले २९ तथा राहुल त्रिपाठीले १६ रन बनाए । 

    कोलकाताका सुनिल नरायनले ४ ओभरमा १३ रन मात्र खर्चीएर महत्त्वपूर्ण ३ विकेट लिए । हर्शित राना र वरुण चक्रवर्तीले समान २ तथा वैभव अरोरा र मोइन अलीले १-१ विकेट लिए । 

    यस जितपछि ६ खेलमा ६ अंक भएको कोलकाता अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । लगातार पाँचौं हार बेहोरेको चेन्नई  २ अंक सहित नवौं स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij