टी–२०आई शृंखला : कुवेतविरुद्ध नेपालको शानदार जित

टी–२०आई शृंखला : कुवेतविरुद्ध नेपालको शानदार जित

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • टी–२०आई शृंखला : कुवेतविरुद्ध नेपालको शानदार जित

    काठमाडौं । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।

    बिहीबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

    कुवेतविरुद्धको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए। 

    आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे। त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए। ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए। उनले समान ६-६ चौका र छक्का प्रहार गरे।

    दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरे । गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे। कप्तान रोहितकुमार पौडेलले ५ बलमा ४ रन जोडे। 

    कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए ।

    खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।

    कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए ।

    नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १-१ विकेट लिए। आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारको सामना गर्नेछ।

    सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो। चार देशीय शृंखलामा नेपाल र कुवेतका अतिरिक्त आयोजक हङ्कङ र कतारको पनि सहभागिता रहेको छ । नेपाली टोलीले आफ्नो तेस्रो खेल शनिबार आयोजक हङ्कङसँग खेल्नेछ ।

    लिग चरणको समाप्तिपछि अंक तालिकको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल आगामी आइतबार खेलिने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij