चारदेशीय टी– २० सिरिजमा नेपालको विजयी सुरूवात, कतारमाथि ८ विकेटको जित

चारदेशीय टी– २० सिरिजमा नेपालको विजयी सुरूवात, कतारमाथि ८ विकेटको जित

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • चारदेशीय टी– २० सिरिजमा नेपालको विजयी सुरूवात, कतारमाथि ८ विकेटको जित

    काठमाडौं । हङकङमा बुधबारदेखि सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखद सुरूवात गरेको हो।

    कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर भेट्टायो। कप्तान रोहित पौडेल ३७ रन र बसिर अहमद ३० रन बनाएर नट आउट रहे।

    पौडेलले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दा बसिर अहमदले ३३ बलमा २ चौका हाने।  त्यसअघि ओपनर कुशल भूर्तेलले १९ बलमा ४ चौका र तीन छक्काको मद्दतबाट ३८ रन जोडेका थिए। अर्का ओपनर आशिफ शेखले २१ बलमा ४ चौका हानेर ३३ रनको योगदान गरे।

    बलिङतर्फ कतारका मुजिब उर रहमानले २ विकेट लिए। नेपालले कतारविरूद्ध टस जितेर बलिङ गरेको थियो। हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई १५१ रनमा रोक्ने क्रममा नेपालले ५ विकेट लियो।

    कतारका कप्तान इक्रमउल्लाह खानले अर्धशतक हाने। उनले ५४ बलमा ५ चौका र २ छक्का हानेर ५४ रन बनाए।

    शहाजैब जमिलले २१ बलमा ४ छक्का प्रहार गरी ३१ रन बनाए। मुजिबउर रहमान २० र मोहम्मद इर्साद १८ रन बनाएर नट आउट रहे।

    बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिएका थिए।

    नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij