आईपीएल : बेंगलुरुकाे तेस्रो जित, मुम्बई फेरि अभागी

आईपीएल : बेंगलुरुकाे तेस्रो जित, मुम्बई फेरि अभागी

मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • आईपीएल : बेंगलुरुकाे तेस्रो जित, मुम्बई फेरि अभागी

    काठमाडौं ।  रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । सोमबार राती  मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै बेंगलुरुले तेस्रो जित निकालेको हो । 

    बेंगलुरुले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो । मुम्बईका तिलक वर्माले २९ बलमा ५६ तथा कप्तान हार्दिक पान्ड्याले १५ बलमा ४२ रनको आक्रामक पारी खेल्दै शानदार साझेदारी बनाएपनि जितका लागि पर्याप्त भएन । 

    १२औं ओभरमा ९९-४ को अवस्थामा रहेको मुम्बईका लागि तिलक र हार्दिक मिलेर पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । अन्तिम २ ओभरमा २८ रन चाँहिदा हार्दिक क्याचआउट भए भने त्यसपछि अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका क्रुनालले ३ विकेट लिँदै जित पक्का गरे । 

    बेंगलुरुका लागि क्रुनालले ४ ओभरमा ४५ रन दिएर ४ विकेट लिए । जोश हेजलवूड र यश दयालले समनन २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो । उसका लागि विराट कोहलीले ६७ तथा कप्तान रजत पाटिदारले ६४ रन बनाएका थिए । 

    आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४० रन बनाएका जितेश शर्मा नटआउट रहे । देवदत पडिक्कलले ३७ रन बनाए । मुम्बईका कप्तान हार्दिक पान्ड्या र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा विग्नेश पुथुरले १ विकेट लिए । 

    जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा २ अंक मात्र रहेको मुम्बई आठौं स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij