आईपीएल प्रतिस्पर्धा राेचक बन्दै, गुजरातद्वारा बेंगलुरु पराजित

आईपीएल प्रतिस्पर्धा राेचक बन्दै, गुजरातद्वारा बेंगलुरु पराजित

बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • आईपीएल प्रतिस्पर्धा राेचक बन्दै, गुजरातद्वारा बेंगलुरु पराजित

    काठमाडौं । गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । बुधबारराती सम्पन्न  खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ८ विकेटले हराउँदै गुजरातले दोस्रो जित निकालेको हो ।  

    बेंगलुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । बट्लरले ३९ बलमा ७३ रन बनाएपछि गुजरातले शीर्ष  स्थानमा रहेकाे बेंगलुरुमाथि जित हात पारेको हाे । 

    गुजरातका साइ सुदर्शनले ४९ रनबनाए । शेरफन रदरफोर्ड ३० रनमा अविजित रहे । कप्तान शुमभन गिलले १४ रन बनाए । बेंगलुरुका जोश हेजलवूड र भुवनेश्वर कुमारले १-१ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । लियाम लिभिङस्टनले सर्वाधिक ५४ रन बनाए भने जितेश शर्माले ३३ र टिम डेभिडले अविजित ३२ रन बनाए । 

    गुजरातका लागि मोहम्मद सिराजले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । साइ किशोरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । इशान्त शर्मा, प्रसिध कृष्णा र अर्शद खानले १-१ विकेट लिए । 

    जितसँगै ३ खेलमा ४ अंक जोडेको गुजरात अंकतालिकामा चौथो स्थानमा यथावत् छ भने समान खेलबाट समान अंक रहेको बेंगलुरु शीर्षस्थानबाट तेस्रोमा झरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij