आईपीएलमा मुम्बई इन्डियन्सको पहिलो जित, साविक विजेता कलकत्ता फेरि पराजित

आईपीएलमा मुम्बई इन्डियन्सको पहिलो जित, साविक विजेता कलकत्ता फेरि पराजित

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • आईपीएलमा मुम्बई इन्डियन्सको पहिलो जित, साविक विजेता कलकत्ता फेरि पराजित

    काठमाडौं । जारी आईपीएलमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबारराति सम्पन्न  खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले पहिलो जित हात पारेको हो । 

    अश्वनी कुमारले डेब्यूमै शानदार प्रदर्शन गर्दै ४ विकेट लिएपछि कोलकाता ११६ रनमै अलआउट भएको थियो । ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । 

    मुम्बईका ओपनर रायन रिकेल्टनले अविजित अर्धशतक बनाए । उनी ६२ रनमा अविजित रहे । सुर्यकुमार यादव २७ रनमा अविजित रहे । विल ज्याक्सले १६ तथा रोहित शर्माले १३ रन बनाए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमै अलआउट हुँदै ११६ रन बनाएको थियो । अंकृश रघुवंशीले सर्वाधिक २६ तथा रमनदीप सिंहले २२ रन बनाए । मनिष पाण्डेले १९ तथा रिंकु सिंहले १७ रन बनाए । 

    मुम्बईका अश्वनीले ३ ओभरमा २४ रन दिएर ४ विकेट लिए । दीपक चहरले २ तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १-१ विकेट लिए । 

    पहिलो जितसँगै मुम्बईले ३ खेलमा २ अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ ।  कोलकाता पनि समान खेलबाट समान अंकसहित नेटरनरेटका आधारमा पुछारमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij