शनिबार रातिदेखि उपल्लो मुस्ताङमा हिमपात, बिजुली र टेलिफोन सेवा अवरुद्ध

शनिबार रातिदेखि उपल्लो मुस्ताङमा हिमपात, बिजुली र टेलिफोन सेवा अवरुद्ध

आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • शनिबार रातिदेखि उपल्लो मुस्ताङमा हिमपात, बिजुली र टेलिफोन सेवा अवरुद्ध

    काठमाडौं । शनिबार रातिबाट उपल्लो मुस्ताङमा हिमपात हुँदा सर्वसाधारण मानिसहरुको जीवन कष्टकर बनेको छ । हिउँ परेपछि यहाँका स्थानीयवासी चिसो छल्न तल्लो मुस्ताङ तथा फाँट झरेका छन् भने बिजुली बत्ती र टेलिफोन सेवा अवरुद्ध भएको छ । 

    हिमपातका कारण कोरला राजमार्ग पनि अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ । सडकमा हिउँ जमेको र अत्यधिक चिसो भएका कारण सवारी साधन पनि ठप्प छन् ।राजमार्ग अवरुद्ध हुँदा कोरला नाका घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई आवतजावतमा कठिनाइ भएको छ । पर्यटक र स्थानीयको सुरक्षाका लागि सशस्त्र प्रहरी फिल्डमा खटिएका छन् ।

    हालसम्म पनि हिमपात भइरहेका कारण कोरला राजमार्ग आइतबार खुलाउन नसकिने सशस्त्र प्रहरीले जनाएको छ । हिमपात रोकिएपछि मात्र हिउँ पन्छाएर सडक खुलाउने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij