कैलारीमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

कैलारीमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • कैलारीमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

    कैलाली । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। कैलारी(५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको हो। 

    अस्पताल निर्माणका लागि २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। अस्पताल निर्माणको अवधि आगामी असारसम्म छ।

    चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने संघीय सरकारको नीतिअनुसार अस्पताल निर्माण गरिन लागेको हो। संघीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाख रुपैयाँ रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए। 

    उनले सकेसम्म मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए। अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ। 

    अस्पताल नहुँदा गाउँपालिका स्थानीय जनता सामान्य उपचारका लागि धनगढीमा तथा भारतसमेत पुग्ने गरेका छन्। चालु आर्थिक वर्षबाट अस्पताल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति व्यवस्थापनको पहल भइरहेको सूचना अधिकारी कलेलको भनाइ छ। 

    त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यासम्मका बनाउने र अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्पतालमा स्तारोन्नति गर्ने उल्लेख थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij