काठमाडौँ । पाँच महिनापछि नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा यसअघि पनि पहिलो नम्बरमै रहेका रमेश थापा रहेका छन् । थापा प्रहरी निरिक्षकदेखिनै पहिलो नम्बरमा रहंदै बढुवा भएका प्रहरी अधिकृत हुन । सिफारिस सुचिको दोश्रो नम्बरमाअजय केसी र तेश्रो नम्वरमा अनुपम शम्शेर जवरा रहेका छन् ।
त्यसपछि क्रमस बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

