परासीबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

परासीबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • परासीबाट  चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

    नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो ।

    कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र  चालक अनुमतिपत्र दिँदै आएको थियो ।  सेवा थप भएसँगै चारपाङ्ग्रे सवारीसाधन  कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा,  (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए । 

     कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ । यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताए। पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको  छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij