विपन्न परिवारका लागि घर निर्माण

विपन्न परिवारका लागि घर निर्माण

सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • विपन्न परिवारका लागि घर निर्माण
    घोडाघोडी (कैलाली) । कैलालीको लम्किचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण गरेको छ । गरिबीका कारण चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएको नगर प्रमुख सुशीला शाहीले जानकारी दिए । 
     
    नगर प्रमुख जनता आवास कार्यक्रमअन्तर्गत वडा नं ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन्भने सोही वडाका दलित तथा अति विपन्न गैरदलितहरूका पाँच घर निर्माण भएका छन् । 
     
    यस्तै वडा नं ३ स्थित बल्चौर बादी बस्तीमा सात घर निर्माण गरिएका छन् । सोही कार्यक्रमअन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । शाहीका अनुसार चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले घर निर्माणका लागि दुई करोड विनियोजन गरेको छ । असार मसान्तसम्म पालिकाका १० वटै वडा छुनेगरी काम सुरू गरिनेछ ।
     
    “जनता आवास भनेर हामीले पहिला ५० लाख बजेट विनियोजन गरेका थियौँ,” नगर प्रमुख शाहीले भने, “बजेट अपुग भएपछि पुनः ५० लाख थप गरी रू एक करोड बनायौँ र राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण भएका छन् । ३४ घर निर्माणका लागी थप बजेटमार्फत सम्झौता भएर प्रक्रिया अघि बढेको छ ।” 
     
    उनका अनुसार आवास निर्माणका लागि प्रदेशबाट रू दुई करोड बजेट आएकाले काम गर्न थप सहज भएको छ । “सुकुम्वासी, मुक्तकमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अब १० वटै वडामा काम गर्छौं,” नगर प्रमुख शाहीले भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij