प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

    काठमाडौँ । दोस्रो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि यहाँ आयोजना हुने भएको छ ।

    जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुषमा र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताअन्तर्गत  पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij