अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक

अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले जित्यो स्वर्णपदक

    काठमाडौं । भारतको महाराष्ट्रमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । 

    १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । 

    प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij