टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

    काठमाडौं ।  नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रदैँछ । दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन ।

    पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।

    सुदूरपश्चिम : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा रहेका छन् । 

    जनकपुर : आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी रहेका छन् । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij