यू १९ महिला एसिया कप : सुपर ४ मा श्रीलंकाविरुद्ध भिड्दै नेपाली टिम

यू १९ महिला एसिया कप : सुपर ४ मा श्रीलंकाविरुद्ध भिड्दै नेपाली टिम

बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • यू १९ महिला एसिया कप : सुपर ४ मा श्रीलंकाविरुद्ध भिड्दै नेपाली टिम

    काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन् ।

    नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

    नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।

    भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

    समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

    पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij