महिला एशिया कप क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले बाँडे अंक

महिला एशिया कप क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले बाँडे अंक

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • महिला एशिया कप क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले बाँडे अंक

    काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतले अंक बाँडेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेल वर्षाले प्रभावित भएपछि दुवै टीमले एक-एक अंक बाँडेका हुन् । 

    नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले विना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो । नेपालको पारीमा कप्तान पूजा महतोले २५ र एलिसा कुमारी यादवले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    यससँगै नेपाल एक जीत र एक बराबरीसहित सुपर फोरमा पुगेको छ । सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij