तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

    दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । 

    पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए । साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गरेका छन् । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको  थियो । 

    गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई  लामो समयसम्म  रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताए । 

    यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij