आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’हुने, आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य

आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’हुने, आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’हुने, आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य

    काठमाडौं । धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ ।

    नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

    एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री हुनेछ ।

    यसका साथै प्याराग्लाइडिङ, र्‍याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ । एक्पोमा ३ सय ५० प्रदर्शनी कक्ष राखिने छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij