नयाँ प्रविधिकाे प्रयाेग गरी धनगढीका खोलाको क्षेत्राधिकार छुट्याउँदै उपमहानगर

नयाँ प्रविधिकाे प्रयाेग गरी धनगढीका खोलाको क्षेत्राधिकार छुट्याउँदै उपमहानगर

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • नयाँ प्रविधिकाे प्रयाेग गरी धनगढीका खोलाको क्षेत्राधिकार छुट्याउँदै उपमहानगर

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्र छुट्याउन थालेको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र फेरि अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग सुरु गरेको हो ।  

    धनगढीका खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ । पोलहरू सारेको खण्डमा, खोलाले बगाएमा वा पोलहरू मार्फत स्याटलाइट प्रविधिबाट हेरचाह गरिने तयारी उपमहानगरले गरेकाे छ । नदी तथा खोलाको किनारामा पोल गाडिने भएकाले जग्गाधनीहरूलाई पनि सहज हुने तर्क उपमहानगरपालिकाको छ । 

    चालु आर्थिक वर्षमा ५० किलोमिटर खोलाहरूका किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने भएको छ । धनगढी उपमहानगरपालिका–१ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकलाकुमारी रानाले उक्त अभियानको सुरुवात गरेकी छिन् ।

    dhangadhi.jpg

    अभियानको सुरुवात गर्दै रानाले खोलाको क्षेत्राधिकार खाली गर्न दुइ वटा प्रविधिको प्रयोग सुरु गरेको बताइन् । रानाले भनिन,‘प्रविधिको माध्यमबाट सीमाङ्कन गर्दै छौ। स्याटेलाइट प्रविधिको प्रयोग गरेका छौ । अतिक्रमण हुँदैन । पुरानो अतिक्रमण हटाउन पनि सहज हुन्छ ।’

    धनगढी उपमहानगरपालिकाले सूचना जारी गरेर खोला किनारमा रहेका भौतिक संरचनाहरू हटाउने र खाेलाकाे जग्गा सिमांकन गर्ने बताएको छ । 

    उपमहानगरपालिका २०७९ असारबाट खोलानाला र सार्वजनिक जग्गाको अतिक्रमण खाली गर्ने थालेको थियो । पहिलो चरणमा धनगढी–५ को सुकुटी नालाबाट अतिक्रमण हटाउने अभियान थालिएको थियो । हालसम्म उपमहानगरपालिकाले पाँच किलोमिटर खोलाको अतिक्रमण खाली गरेको छ । 

    उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखाका इन्जिनियर नरेन्द्र भट्टले धनगढीका मुख्य खोलाको ५० किलोमिटरमा सीमाङ्कन, रेखाङ्कन र क्षेत्राधिकार खाली गर्ने काम थालिएको बताए । साेही कारण खोलाको क्षेत्राधिकारमा नयाँ संरचनाहरू निर्माण नगर्न उनले आग्रहसमेत गरेका छन् । 

    उपमहानगरपालिकाले दिएको सीमा क्षेत्रदेखि १० मिटरसम्म खोलाको क्षेत्राधिकार रहेको जानकारीसमेत दिन सुरु गरिएको छ । उपमहानगरले उक्त क्षेत्रमा नयाँ संरचनाहरू निर्माणमा रोक लगाउने र पुराना संरचनाहरू सार्वजनिक सूचना जारी गरेर खाली गर्न लगाउने गरिरहेकाे छ । 

    २०८१ मंसिर १९ गते बुधवारदेखि धनगढी–१ र ५ भए भएर बग्ने सुकुटी नालामा पिलर गाडेर डिजिपिएस राख्ने काम सुरु भएको छ । नदी तथा खोलाको सीमाङ्कन गर्न खोलानालाको सिमाना प्रस्ट हुने गरि पिल्लर गाडी सो बिन्दुहरूको जिआइएस नक्सानकन गर्ने र डिजिपिएस र स्याट्लाइट तस्विर प्रयोग गरी खोलाको सीमाङ्कन निगरानीको काम थालिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij