यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो

यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो

    काठमाडौं । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको छ ।

    अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेटायो । नेपालका नरेन साउदले २६, कप्तान हेमन्त धामीले नटआउट २२, अर्जुन कुमालले २१ रन बनाए । अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले ३/३ विकेट लिए ।

    यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए । यस्तै कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए ।

    १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij