काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ४ जनालाई पक्राउ गरेको हो ।
सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो पक्राउ परेका दुई जना भारतीय हुन् ।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।