काठमाडौं । सुदूरपश्चिम रोयल्ससँग विराटनगर किङ्ग्स फराकिलो अन्तरले पराजित भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज भएको खेलमा विराटनगर ९० रनले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको थियो । जितका लागि १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सफल भयो ।
विराटनगरका लागि बसिर अहमदले २४ रन, राजेश पुलामी मगरले १५ रन र अनिल खरेलले १० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।
सुदूरपश्चिमका खेलाडी अभिनाश बोहोरा र स्कट कृस्टोफारले विराटनगरको ३–३ विकेट झारेका थिए । त्यस्तै, इशान पाण्ड, सेफ जैब र म्याकमुलेनले पनि विराटनगरको १–१ विकेट लिएका थिए ।