जाजरकोट भूकम्प : अस्थायी आवासका लागि थप ९० करोड निकासा

जाजरकोट भूकम्प : अस्थायी आवासका लागि थप ९० करोड निकासा

शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • जाजरकोट भूकम्प : अस्थायी आवासका लागि थप ९० करोड निकासा

    काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड रुपैयाँ निकासा भएको छ । यसमध्ये ५० करोड रुपैयाँ जाजरकोट र ४० करोड रुपैयाँ रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिए । 

    आजसम्म अस्थायी आवास निर्माण गर्न कूल ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार ९ सय ३७ पुगेको छ । अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ ।

    अहिलेसम्म ४८ हजार ५ सय ६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको सङ्ख्या ७ हजार ८ सय ३३ रहेको प्राधिकरणले जनाएको छ । त्रगत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त भूकम्पमा क्षति भएका घरहरुको अहिले अस्थायी आवास निर्माण जारी छ । पुनः निर्माणका लागि आवश्यक तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij