धनुषामा प्रेमीद्वारा प्रेमिकाको हत्या

धनुषामा प्रेमीद्वारा प्रेमिकाको हत्या

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • धनुषामा प्रेमीद्वारा प्रेमिकाको हत्या

    काठमाडौं । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो । 

    रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते दिउँसो साढे ३ बज फेला परेको थियो ।

    उनको हत्या आरोपमा धनुषा प्रहरीले जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको धनुषा प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार मृतक रेखाको हत्याका मुख्य आरोपी रामललित हुन् । चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार रेखाको परिवारले रामललितसँग विवाह सम्बन्ध स्वीकार गर्न नमानेको, रेखाले आफ्नो घरबाट भागेर रामललितलाई बिहे गर्न दबाब दिएको, तर रामललित नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेकोमा विवाद हुँदै आएको थियो ।

    रामललितले रेखालाई घटनास्थलमा भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij