मलामी बोकेको जिप दुर्घटना हुुंदा एकको मृत्यु, पाँच घाइते

मलामी बोकेको जिप दुर्घटना हुुंदा एकको मृत्यु, पाँच घाइते

बिहिवार, फाल्गुण १० २०८०
बिहिवार, फाल्गुण १० २०८०
  • मलामी बोकेको जिप दुर्घटना हुुंदा एकको मृत्यु, पाँच घाइते

    बैतडी । बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । थप पाँच जना घाईते भएका छन्। मृत्यु हुनेमा जिल्लाको जिल्लाको डिलासैनी गाउँपालिका–१ धावला बस्ने ५० वर्षीय गोपाल बोहरा रहेक छन् ।

    बैतडी प्रहरीका अनुसार, डिलाशैनीकै धनपति धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो  सु.प.प्र.०१०००१च ३१४६ जिप घारडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। बोहराको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

    मलामी गएका अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी–१ का रतन धामी, मन्धिर धामी, सुरेन्द्र बोहरा, अमर धामी र लोकेन्द्र धामी रहेका छन्।

    उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। १३ मलामी चढेको जिप सडकमै पल्टिएको थियो। जिप चालक डिलासैनी६ बागगोठका धनबहादुर कठायत फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij