नेत्रहीन क्रिकेट विश्वकपमा नेपालकाे पहिलो जित, अफगानिस्तान १०८ रनले पराजित

नेत्रहीन क्रिकेट विश्वकपमा नेपालकाे पहिलो जित, अफगानिस्तान १०८ रनले पराजित

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • नेत्रहीन क्रिकेट विश्वकपमा नेपालकाे पहिलो जित, अफगानिस्तान १०८ रनले पराजित

    काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो ।

    नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो । अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाए ।

    नेपालका सुनिल मगरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । त्यस्तै भरत थापा, सुनिल क्षेत्री र अमिश गुरागाईंले एक-एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनयो । नेपालका पदम बढाइलाले ५१ बलमा अविजित ९२ रन बनाए भने नरेश चौधरीले ६२ बलमा ७२ रन बनाए ।

    नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

    अब नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । उक्त खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने नेपाली टोलीको लक्ष्य हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij