टेलिकमको टावर निर्माण अन्तिम चरणमा, मलैमा टेलिकम गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै

टेलिकमको टावर निर्माण अन्तिम चरणमा, मलैमा टेलिकम गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • टेलिकमको टावर निर्माण अन्तिम चरणमा, मलैमा टेलिकम गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै

    दाङ ।  दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । 

    त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो । “हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढाले भने, “टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।”  

    सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई–७ वडाध्यक्ष तिलकराम भण्डारीले बताए ।

     “यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो”, उनले भने, “टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सुचारु गर्ने तयारी छ ।”  त्यहाँका बासिन्दाले पटक–पटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij