इनास र संसरा बर्लिनद्वारा काभे्पलाञ्चोकका बाढीपीडितलाई राहत

इनास र संसरा बर्लिनद्वारा काभे्पलाञ्चोकका बाढीपीडितलाई राहत

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • इनास र संसरा बर्लिनद्वारा काभे्पलाञ्चोकका बाढीपीडितलाई राहत
    काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।
     
    इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्मनीको बर्लिनमा गत महिना देउसीभैलो खेलेर जुटाएको दुई लाख ६० हजार रकम काभ्रेको रोशी र बेथानचोक गाउँपालिकाका बाढीपीडित चार परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।
     
    बर्लिनस्थित नेपाली दूताबास, छ वटा नेपाली रेष्टुरेराँ र दुई नेपाली परिवारको घरमा देउसीभैलो खेलेर तथा अन्य केही व्यक्तिको सहयोगमा सो रकम सङ्कलन गरिएको इनासले जनाएको छ ।
     
    रोशी गाउँपालिका–३ का नौ वर्षीय छोरा र चार वर्षीया छोरीसहित खेतबारी गुमाएका रुपबहादुर तुम्सिङ र ६७ वर्षीया आमासहित खेतबारी गुमाएका सोमान लामालाई वडाध्यक्ष धनजित लामाले आज यहाँ एक कार्यक्रमकाबीच राहत सहयोग प्रदान गरे ।    
     
    यसैगरी जिल्लाकै बेथानचोक गाउँपालिका–३ स्थित ३९ वर्षीया श्रीमती र ११ वर्षीय छोरासहित घरजग्गा गुमाएका भीमबहादुर शङ्कर र बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएका फडीन्द्र तिमल्सिनालाई राहत सहयोग प्रदान गरिएको वडा सदस्य नारायण तिमिल्सिनाले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij