काठमाडौं । एक नगर स्वास्थ्य शाखा प्रमुखको हृदयाघातबाट निधन भएको छ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयाघातको कारण निधन भएको हो।
गरुडा नगरपालिका जयनगर गाउँमा घर भएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयाघातबाट आकस्मिक निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेपछि उपचारका लागि लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका दिनेश यादवले बताए ।