फेल भएपछि चीनमा एक विद्यार्थीको चक्कु प्रहारबाट ८ जनाको मृत्यु, १७ जना घाइते

फेल भएपछि चीनमा एक विद्यार्थीको चक्कु प्रहारबाट ८ जनाको मृत्यु, १७ जना घाइते

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • फेल भएपछि चीनमा एक विद्यार्थीको चक्कु प्रहारबाट ८ जनाको मृत्यु, १७ जना घाइते

    काठमाडौं । पूर्वी चीनको जियाङ्सु प्रान्तको वुसी सहरस्थित एक क्याम्पसमा एक जनाले अन्धाधुन्ध छुरा प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

    वुसी यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स कलेजमा छुरा प्रहारको घटना भएको हो। घटनापछि एक २१ वर्षीय युवकलाई प्रहरीले प्रक्राउ गरेको छ।

    स्नातक परीक्षामा खराब नतिजा आएका कारण प्रमाणपत्र प्राप्त गर्न असफल भएपछि दुःखी भएपछि  उनले आक्रमण गरेको अपराधमा संलग्न व्यक्तिले प्रहरीसँग बयान दिएको चिनिया सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।  

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij