आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

    त्रिशूली  ।  २०२० सालमा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।

    विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ । 

    एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको रु आठ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् ।

    यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij