वीरगञ्जमा दोस्रो दिन पनि कर्फ्यु !

वीरगञ्जमा दोस्रो दिन पनि कर्फ्यु !

मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • वीरगञ्जमा दोस्रो दिन पनि कर्फ्यु !

    काठमाडौं । वीरगञ्जमा केही ठाँउमा गरेको कर्फ्यु आदेश यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि जारी भएको कर्फ्यु आदेश जारी गरेको थियो ।

    रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएको थियो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको हो।

    तर, आज बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो । प्रशासन कार्यालयले सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत् रहेको जनाएको छ । 

    पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij