काठमाडौं । पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा सोमबार राति झडप भएको छ । खाना खाने लाइनमा विवाद भएर झडप हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् ।
सोमबार राति १० बजेतिर खाना खाने लाइन लाग्ने क्रममा विवाद भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई मणिपाल अस्पतालमा उपचारका लागि लगिएको र उपचारपश्चात उनीहरुलाई डिस्चार्ज गरि सुधार गृहमा समेत लगिसकिएको प्रहरीले जनाएको छ ।