१ सय १०औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा सर्वमान्य नेता सिंहकोे योगदानबारे चर्चा

१ सय १०औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा सर्वमान्य नेता सिंहकोे योगदानबारे चर्चा

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • १ सय १०औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा सर्वमान्य नेता सिंहकोे योगदानबारे चर्चा

    भक्तपुर । सर्वमान्य नेता एबम् लौहपुरुष स्व.गणेशमान सिंहको १ सय १०औं जन्मजयन्तीको अवसरमा आज सुर्यबिनायक नगरपालिका ५ कटुन्जेस्थित गणेशमान सिंह स्मृति बाटिकामा एक कार्यक्रम आयोजना गरी सिंहको योगदानको चर्चा गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा संरक्षण समितिको संयोजनमा नेता सिंहको सालिकमा माल्यार्पण कार्यक्रम गरि प्रजातन्त्र प्राप्तिमा उनको योगदानको स्मरण गरेको हो ।

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् पार्टीको १०० दिने विशेष अभियानका लागि भक्तपुरका केन्द्रीय प्रतिनिधि बलबहादुर केसीले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंह त्याग र निष्ठाका धनी ब्यक्तित्व भएको बताए ।

    जिल्ला सभापति एवम् संघीय सांसद दुर्लभ थापा , गणेशमान सिंह स्मृति वाटिकाका अध्यक्ष माथवरसिंह बस्नेत र पाटी जिल्ला सहसचिब यादब अधिकारीले सिंहको लामो ,कठिन र संघर्षशील राजनीतिक जीवनका विविध पक्ष तथा उनले मुलुकका लागि पुर्याएको योगदान बारे चर्चा गरे ।

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्धय मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल, बागमती प्रदेश सदस्य, महासमिति सदस्य, जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य तथा तहगत कार्य समितिका सदस्य तथा वाटिका संरक्षण समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

    Ganeshman prog ph.jpg 2.jpg
     
    प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर रहेका कांग्रेसका नेता सिंह तत्कालीन समयमा सबै पार्टीका सर्वमान्य नेता थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij