चार घण्टाका लागि हट्यो वीरगञ्जको कर्फ्यू

चार घण्टाका लागि हट्यो वीरगञ्जको कर्फ्यू

मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • चार घण्टाका लागि हट्यो वीरगञ्जको कर्फ्यू


    काठमाडौं । वीरगञ्जमा लगाइएको कर्फ्यू चार घण्टाका लागि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाएको हो । १० बजेपछि भने कर्फ्यू यथावत् रहने सूचनामा उल्लेख छ।

    रौतहटमा भएको झडपको विषयमा सोमवार दिउँसो प्रदर्शन भएपछि हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासनले सोमबार अपराह्न ५ बजेदेखि वीरगञ्जका केही भागमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो । वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लगाइएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij