वीरगञ्जमा साँझ ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी

वीरगञ्जमा साँझ ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी

सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • वीरगञ्जमा साँझ ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । 

    पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा सोमबार प्रदर्शन बढेर उग्ररुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । 

    कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ । रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो । सोही क्रममा विवाद उत्पन्न भएपछि अवस्था सामान्य बनाउनका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij