भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तराखण्डमा सोमबार बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीका अनुसार  दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८:३० बजे दुर्घटना भएको हो। मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो।  

    दुर्घटनामा गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादुन लगिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरुप दिने जनाएको छ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij