भारतको दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै खराब, एक्यूआई चार सयभन्दा माथि

भारतको दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै खराब, एक्यूआई चार सयभन्दा माथि

शुक्रवार, कार्तिक १६ २०८१
शुक्रवार, कार्तिक १६ २०८१
  • भारतको दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै खराब, एक्यूआई चार सयभन्दा माथि

    काठमाडौं । भारतको सङ्घीय राजधानी दिल्लीमा अहिलेसम्मकै उच्च वायु प्रदूषण भएको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआईलगातार १४ घण्टासम्म चार सयभन्दा माथि पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

    हिजो बेलुकादेखि आज बिहान ७ बजेसम्म हावाको गुणस्तर डर लाग्दो रहेको थियो । दिल्लीको केही ठाउँमा छोटो समय एक्यूआई पाँच सय ३३ सम्म पुगेको थियो । एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर अर्थात घातक मानिन्छ ।

    दिल्लीमा यस अघि पनि पटक पटक एक्यूआई चार सयभन्दा माथि पुग्ने गरेकोमा हिजो लामो समयसम्म चार सयभन्दा माथि रहेको हो । यसबेला हरियाणा, पञ्जाबलगायत राज्यका खेतमा पराल जलाउने काम भइरहेकोले दिल्लीको वायु प्रदुषण बढेको छ ।

    यस्तै हिजो दिपावलीमा पटका पड्काएका कारण वायु प्रदूषण अत्यधिक बढाएको हो । सरकारले दिल्लीमा पटका पड्काउन प्रतिबन्ध लगाएको भए पनि जथाभावी पड्काउने काम भइरहेको छ । दिल्लीको आकाशमा वारुदको धुवाँले ढाकिएको बीबीसी हिन्दीले जनाएको छ । अहिले पनि दिल्लीमा एक्यूआइ तीन सय आसपासमै रहेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij