बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन
    काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिए । 
     
    यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुची र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij