ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

शुक्रवार, फाल्गुण ४ २०८०
शुक्रवार, फाल्गुण ४ २०८०
  • ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु
    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । 
     
    छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो ।
     
      जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij