जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

शुक्रवार, फाल्गुण ४ २०८०
शुक्रवार, फाल्गुण ४ २०८०
  • जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
    बझाङ । बझाङमा भएको  जिप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । थप दुईजना घाइते भएका छन् । जिल्लाको तलकोटबाट चैनपुर आइरहेको से १ज ८६८ नंको जिप बिहीबार साँझ तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 
     
    दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् । घाईते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ । 
     
    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए  । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij