फोहोर टिप्ने बहनामा काठमाडौंमा दिउँसै चोरी, पाँच जना भारतीय पक्राउ

फोहोर टिप्ने बहनामा काठमाडौंमा दिउँसै चोरी, पाँच जना भारतीय पक्राउ

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • फोहोर टिप्ने बहनामा काठमाडौंमा दिउँसै चोरी, पाँच जना भारतीय पक्राउ

    काठमाडौं । फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ परेका छन् । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीस्थित दिलमाया आलेको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाइ प्रवेश गरेर सुनका विभिन्न गरगहना तथा नगद ६५ लाख रुपियाँ बराबरको धनमाल चोरी गरी फरार रहेका पाँच जना पक्राउ परेका छन् । 

    स्थायी घर भारत भइ हाल काठमाडौं बस्दै आएका २६ वर्षीय लक्का भन्ने विकास पोदार काठमाडौंको जडीबुटीबाट पक्राउ परेपछि थप अनुसन्धानको क्रममा फागुन २ गते सोमबार बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरेर २५ लाख रुपियाँ बराबरको धनमाल चोरी गर्ने पक्राउ परेको प्रहरीले जनाएको छ । 

    यस्तै, गत माघ २८ गते गोकर्णेश्वरमा गीता राईको घरबाट सुन तथा चाँदीका गरगहना तथा नगद समेत गरेर अन्दाजी चार लाख १० हजार रुपियाँ बराबरको धनमाल चोरी गर्ने स्थायी घर भारत भएर काठमाडौं बस्ने २८ वर्षीय जितेन्द्र पोदार, २७ वर्षीय भाइलाल पोदार, ४० वर्षीय सन्जय पोदार र ५० वर्षीय मञ्जु पोदारलाई प्रहरीले पक्राउ परेका छन् । 

    प्रहरीले उनीलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त, बौद्ध पठाएको छ । उनीहरुबाट सुनका विभिन्न गरगहना र विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij