साफ महिला च्याम्पियनसिपका लागि २७ सदस्यीय टोली घोषणा

साफ महिला च्याम्पियनसिपका लागि २७ सदस्यीय टोली घोषणा

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • साफ महिला च्याम्पियनसिपका लागि २७ सदस्यीय टोली घोषणा

    काठमाडौं । घरेलु मैदानमा आयोजना गरिने साफ महिला च्याम्पियनसिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    टिममा गोलकिपरको रुपमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला चौधरी रहेका छन् । 

    डिफेन्डरहरुमा गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर र पूजा राना छन् । यस्तै विमला विक, हिरा कुमारी भुजेल, प्रतिक चौधरी र सजनी थोकरलाई पनि डिफेन्डरकै रुपमा टिममा सामेल गरिएको छ ।

    मिडफिल्डरमा रेणुका नरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी र सरस्वती हमाल रहेका छन् । 

    फरवार्डमा रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल र सावित्रा भण्डारीलाई सामेल गरिएको छ ।

    सातौ संस्करणको साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुने छ । सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । 

    साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन् । समूह बीमा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

    प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कार्तिक २ गते भुटानसँग खेल्नेछ ।  

    दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कार्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

    फाइनल खेल कार्तिक १४ गते हुनेछ । हालसम्म खेलिएका ६ मध्ये ५ संस्करणमा उपविजेता रहेको नेपालले यस पटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij