काभा यू–२० पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै नेपालकाे विजयी शुरुआत

काभा यू–२० पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै नेपालकाे विजयी शुरुआत

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • काभा यू–२० पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै नेपालकाे विजयी शुरुआत

    काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ ।

    कोलम्बोको सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलाे सेट २५–१४, दाेस्राे सेट २५–२३ र तेस्राे सेट २८–२६ ले जित्याे ।

    आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा नेपालले भोलि उज्वेकिस्तानसँग, तेस्रो खेलमा पर्सि असोज २२ गते माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ ।

    प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij