पाँच दिनपछि वैकल्पिक ट्रयाकबाट मन्थली–काठमाडौँ यातायात सञ्चालन

पाँच दिनपछि वैकल्पिक ट्रयाकबाट मन्थली–काठमाडौँ यातायात सञ्चालन

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • पाँच दिनपछि वैकल्पिक ट्रयाकबाट मन्थली–काठमाडौँ यातायात सञ्चालन

    रामेछाप । पाँच खिनपछि वैकल्पिक ट्रयाकबाट मन्थली–काठमाडौँ यातायात सञ्चालन भएको छ । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि धबार साँझबाट यातायात सञ्चालन भएको हो । 

    गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले किर्नेटार हाइड्रोपावर नजिकै तामाकोशी नदीले सडक कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्टस्थित नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो ।

    रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरिन्छ । वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध  थियो ।

    सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने स्थानीय र खाद्यान्नलगायत उपभोग्य सामग्रीका लागि सहज भएको बताइएको छ । यसअघि खुर्कोटको पुल निर्माण नहुुंदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडौं आवतजावत गर्थे ।

    काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपथ्र्यो । यो मार्गबाट यात्रा गर्दा मन्थली–काठमाडौंका लागि थप ७४ किलोमिटर यात्रा गर्नुपर्छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij