१७ वर्षमुनिको साफ च्याम्पियनशिप : भारतसँग ४–२ गोलले हार्‍यो नेपाल

१७ वर्षमुनिको साफ च्याम्पियनशिप : भारतसँग ४–२ गोलले हार्‍यो नेपाल

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • १७ वर्षमुनिको साफ च्याम्पियनशिप : भारतसँग ४–२ गोलले हार्‍यो नेपाल

    काठमाडौं । १७ वर्षमुनिको साफ च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भुटानमा भएको खेलमा नेपाल भारतसँग ४–२ गोलले पराजित भएको हो । 

    पहिलो हाफमा गोलरहित बराबरी भएकोमा दोस्रो हाफको ६१ र ६८ मिनेटमा गोल गरेर भारतले अग्रता बनाएको थियो । त्यसपछि नेपालले ८२ मिनेटमा गोल फर्कायो । त्यसको तीन मिनेटमै अर्को गोल थपेर भारत ३–१ को अवस्थामा पुगेको थियो ।

    नेपालले ९० मिनेटमा गोल गरेर खेलमा फर्किने सङ्केत गरेको थियो तर भारतले अर्को गोल थपेसँगै नेपाल ४–२ गोलले पराजित हुन पुग्यो । योसँग नेपालको फाइनल पुग्ने धोको अधुरै रह्यो । अर्को सेमिफाइलनमा अहिले पाकिस्तान र बङ्गलादेश खेलिरहेका छन् ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij