एघार वर्षीय नाति र हजुरबुवा मृत फेला

एघार वर्षीय नाति र हजुरबुवा मृत फेला

मंगलवार, फाल्गुण १ २०८०
मंगलवार, फाल्गुण १ २०८०
  • एघार वर्षीय नाति र हजुरबुवा मृत फेला

    नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

    आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    अहिले घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

    नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटरको दूरीमा विगत चार, पाँच वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेती गर्दै आइरहेका थिए । 

    वृद्धका छोरा, बुहारी, दुई नाति र एक नातिनी रहेकामा मृतक नातिलाई हजुरबुवासँगै छाडेर बुहारी डेढ महिनादेखि आफ्नो माइती भारत गएको बताइएको छ । मृतकका छोरा रोजगारीको सिलसिलामा अन्यत्र गएपछि बुहारी माइत गएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij